नेपालका उखु किसानको पक्षमा मोदी अनसन बस्दै !

प्रकाशित मिति: २१ पुष २०७८, बुधबार १८:१३

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमा
ओली सुदुरपुर्वमा जित्नेमा ढुक्क, अस्तित्वको लडाइँ भने कायमै !

सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपी
सुन त महँगो हुन्छ, चाँदीकाण्ड भएको भए पो सजिलै छुट्नु !

सांसद अमनलाल मोदीले भने : उखु किसानका लागि अनशन बसौं
किसानका लागि भारतका मोदी त पक्कै अनशन बस्दैनन् !

शेखर कोइराला पक्षको निचोड: ‘रामचन्द्रले देउवालाई नै सहयोग गरे’
देउबाले जिते भनेपछि त धेरै काँग्रेसले उनलाई सहयोग गरे नि !

प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान
जाँदा-आउँदा भने उर्जा खर्च हुने हेलिकप्टरमा सवार !

प्रदेश २ मा एमालेभित्र भाँडभैलो, ओलीले बोलाए दुईदिने बैठक
बैठक बालकोटमा हो कि फेरी डाँडा तिर ?!

‘दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए’ : अध्यक्ष लिङ्देन
अरु नेताजस्तै बोलीरहने मात्र अर्का नेताले अध्यक्ष जिते जस्तो छन् !

‘पूर्व राष्ट्रपति गनीलाई मार्ने तालिबानको कुनै योजना थिएन’ : बरादर
किनभने तालिबान योजनाबद्ध रुपमा काम नै गर्दैन !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com