‘भाइब्रेन्ट गुजरात’ रोकिएपछि देउवाको ‘भाईरस ग्वान्झाउ’ जाने ईच्छा !

प्रकाशित मिति: २२ पुष २०७८, बिहीबार १३:४९

अख्तियार भन्छ : भ्रष्टाचार भयो, सिँचाइ विभाग भन्छ : सबै ठिकठाक छ
सिँचाइ विभागको कुरा सिँचाइ विभागलाई नै थाहा होला नि त !

नोबेल मेडिकल कजेलमा विद्यार्थीले गरे तालाबन्दी
तालाबन्दी गरेपछि त कलेजलाई पैसा ठटाउन गार्हो हुन्छ, कलेजको बारेमा खै सोचेको ?

ओलीलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल
प्रचण्ड र देउबासंगै जाने कुरो थियो त, पौडेललाई पो पठाएछन् !

भारतीय किसानले मोदीलाई फ्लाइओभरमा रोके १५ मिनेटसम्म
त्यो १५ मिनेटमा मोदीले किसानको बारेमा पहिलो पटक सोचे !

तीनवटै चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ : महामन्त्री थापा
एक्लै लड्ने अहंकार गर्दा प्रचण्ड रिसाउलान् नि फेरी !

गुट भेलामा शेखरले भने, ‘कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्न सक्छ’
केही डढेको हो कि नयाँ पार्टी गनाएको हो ?!

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन
त्यो त मन्त्रीको सपथ खानुअघि दिनुपर्ने निर्देशन हो त !

पार्टीमा भाग होइन, न्याय खोजेको हो: महामन्त्री थापा
पहिला भाग खोजेको हो, अहिले चाहिँ न्याय खोजेको होला !

प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित 
‘भाईब्रेन्ट ग्वान्झाउ’ तिर लाग्ने कि त्यसो भए ! 

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com