पार्टी चलाउने देउवा शैली : आफूखुसी, आरजुखुसी कि शेखरखुसी ?

प्रकाशित मिति: २५ पुष २०७८, आईतवार १३:३३

ओलीलाई देउवाको प्रस्ताव : ‘संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं’
एमसीसी पास गर्दा फेरी अर्को पार्टीको अवरोध सुरु होला नि त !

प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमा
ओलीसँगको भेट पछि उनी पनि आइसोलेशनमा भए भने केही दिन शान्त हुन्छ !

‘ओलीमा प्रचण्डको टाउकोमा चढेर अग्लो हुने सोच रहेछ’ : माधव नेपाल
ठुला मान्छे को ठुलै सोच !

‘१०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु’ : गगन थापा
मरुन्जेल नगरेको राजनीति पनि के राजनीति !

‘देउवाले आफूखुसी गरे पार्टी दुर्घटनामा पर्छ’ : शेखर कोइराला
सभापति जितेपछि आफुखुसी नगरे शेखरखुसी गर्छन् त !

‘शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ’ : शिक्षामन्त्री पौडेल
अनि शिक्षामन्त्रीसँग वर्तमान जोडिएको हुन्छ, त्यसको बारेमा सोचौँ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com