‘ठेक्का लिन्या र दिन्या दुबै बतास हुन् !’

प्रकाशित मिति: २७ पुष २०७८, मंगलवार १४:२४

पृथ्वीनारायण शाहका दिव्य उपदेशको महत्व अझै उतिकै
उपदेशको भाषामात्र फरक : कमिसन लिन्या र दिन्या दुबै बतास हुन् !

‘सरकार स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको छ’ : ओली
पछिल्लो सरकार जस्तै रहेछ, षड्यन्त्र गरिरहने !

‘संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार’ : उपाध्यक्ष नेम्वाङ
बल्ल तयार, छलफल गर्ने कहिले अनि अवरोध बन्द गर्ने कहिले ?

मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण
दुर्गम भन्दैमा सबै नराम्रो हुन्छ भन्ने छैन नि !

प्रतिनिधि सभा अवरोधमा एमालेले बनायो नयाँ रेकर्ड
ओलीको पार्टी हो, रेकर्ड त बनाइहाल्छ नि !

‘फेरि लकडाउन भए अर्थतन्त्रले धान्न सक्दैन’ : अर्थमन्त्री
देशले धान्न नसकेपनि अर्थमन्त्रीलाई त्यति गार्हो नपर्ला !

‘देश पराईहरुको खेल मैदान बनिसक्यो’ : पूर्वराजा ज्ञानेन्द्र
ठिकै छ त, राजा हुँदा सेनाको खेल मैदान, अहिले पराइहरुको – जनता चाहिँ दर्शक(मुक)

पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पूरा गर्‍यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा
जबराको सम्झनामा अर्को पर्व चाहिँ नमनाउनु !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com