मोदी एक नरेन्द्र अनेक : एकातिर धर्मशाला र धर्मपुत्र, अर्कातिर लिपुयात्रा र लिम्पियामार्ग !

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार १७:४९

धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने – ‘सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ’
सेभेन स्टारजस्तो देख्दा त जो पनि ‘सक्ड’ हुन्छ नि !

नेपालले भारतलाई भन्यो : ‘नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक’
सो बिषयमा पहिला नेपाल मौन, अब पालो भारतको !

‘कोरोना नियन्त्रणमा ‘मेरो पार्टी, तेरो पार्टी’ नभनी सबै एकजुट हौँ’ : प्रधानमन्त्री
राजनीति भनेकै ‘मेरो पार्टी, तेरो पार्टी’ हो, केको कोरोना नियन्त्रण ?!

कोरोना संक्रमणबाट निको भए प्रचण्ड
शेयरबजार आलोचनाको मैदानमा छिट्टै फर्किने !

‘बहुला कुकुर पानी देखेर तर्सेजस्तै गठबन्धन चुनावदेखि तर्सिरहेको छ’ : प्रदीप ज्ञवाली
आजको गठबन्धन भोलीको चुनावको पर्सीपल्ट फुटिहाल्छ, तर्सिनु पर्‍यो नि त !

टर्कीमा भर्चुअल रियालिटी चश्मा लगाइदिएपछि गाईले दिन थाल्यो धेरै दुध
मानिसमा यो विधिले काम गर्ला कि नगर्ला ?

सिनेमा हल, जिमखाना, डान्स बार र हाट बजार बन्द, पार्टी प्यालेसमा पनि भिड गर्न निषेध
जाममा पर्दा गरिने भिडमा सबै चालकहरुलाई छुट !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com