माहुरीले नै नक्कली मह बनाएको व्यवसायीको आरोप, चाका जफत, रानी माहुरी फरार !

प्रकाशित मिति: ८ माघ २०७८, शनिबार १८:१६

‘विद्यार्थीसँग बढी शुल्क लिइएको पाइए कारबाही हुन्छ’ : गृहमन्त्री
त्यही कारबाही हुने भएर त विद्यार्थीले सजाय पाइरहेका छन् नि !

‘संवाद र सहमतिबाट संसद खुलाइनेछ’ : प्रधानमन्त्री देउवा
संवाद हुने कहिले, फेरी हुनेबित्तिकै सहमति हुनेजस्तो !

जोरबिजोर प्रणाली लागू नगर्न यातायात व्यवसायीको माग
साथै गाडीको क्षमताभन्दा बढी यात्रु चढाउन दिन पनि माग, भारतको रेलजस्तो देखिनुपर्ने भनाइ !

ज्याठामा कम्पनी सञ्चालन गरी ‘नक्कली’ मह उत्पादन, एक पक्राउ
नक्कली मह उत्पादन गर्ने नक्कली माहुरीको गिरोहको खोजी भैरहेको !

‘स्थानीय तहको चुनाव सार्न खोजियो भने एमालेले जनतालाई सडकमा उतार्छ’ : अग्निप्रसाद खरेल
जनता हैन एमालेले आफ्नो कार्यकर्ता उठाउँछ !

मोदी फेरि बने विश्वकै लोकप्रिय नेता
लौ ! हिन्दूस्तानका हिन्दू नेता कसरी लोकप्रिय बनेछन् त !

उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल
साथी चाहिने भनेकै परेको बेला हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com