मन्त्री रेणुको ‘जिब्रो चिप्लिएको’ जसपाको प्रतिक्रिया, मुखमा ग्राभेल हाल्न दिल्ली जाँदै, सुपरग्लुले पनि काम चलाउन नेपाली डाक्टरको सुझाव !

प्रकाशित मिति: ९ माघ २०७८, आईतवार १२:३२

मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क
विश्व नेताहरुमा खुसीको लहर, गोबर फाल्न शुरु !

विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई निर्वाचन निर्वाचन आयोगको पत्र
जवाफमा राप्रपाले भन्यो- ‘संविधानबाट निर्वाचन आयोग हटाउनु नपरोस् !’

न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह पुनः रद्द, भनिन्, ‘म देशको जनताभन्दा भिन्न होइन’
हुनेवाला प्रधानमन्त्रोको प्रतिक्रिया- ‘मपनी भिन्न थिईन तर यो जाडो अलि भिन्न छ !’

मधेशको राजपत्रमा पुरानै नक्सा, मन्त्री भन्छन्- ‘गल्ती भयो, सच्याउँछौं’
भारतले भन्यो- ‘अहिले सच्च्याई नहाल्नु, नत्र फेरि सच्च्याउनु पर्ला !’

मोबाइल चोरी गर्ने प्रहरी हिरासतमा परेसँगै निलम्बित
निलम्बित प्रहरीले भने- ‘चोरेको होईन, फोरेको !’

शनिबारदेखि काठमाडौँ उपत्यकामा घरबाहिर निस्किँदा खोप कार्ड अनिवार्य
खोप नआउन्जेल खाली कार्डमात्रै भएपनी हुने !

गाँजासहित श्रीमान-श्रीमती पक्राउ
कण्डम सहित प्रेमी प्रेमिका रिहा !

‘तपाईंको मास्क खै ?’ भन्दै मुख्यमन्त्री निस्किए सडकमा
सडकयात्रीले प्रतिप्रश्न गरे- ‘हाम्रो भोट खोइ ?’

मन्त्री रेणु कुमारी यादवको सिके राउतलाई धम्की, जसपा मन्त्रीले भने- ‘उहाँको जिब्रो चिप्लियो !’
जिब्रोमा ग्राबेल गर्न मन्त्री दिल्ली जाँदै, सुपरग्लुले पनि समस्या समाधान हुनसक्ने डाक्टरको भनाई !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com