निर्वाचन आयो-ग भन्ने बित्तिकै जनताले कुन बोर आयो भन्न थालेका हुन् ?

प्रकाशित मिति: १० माघ २०७८, सोमबार १६:५८

लुम्बिनी प्रदेश सरकारले कामै गरेको छैन, मुख्यमन्त्रीको दिनगन्ती शुरू भइसक्यो
कामै नगरेपछि खाली हुन्छ, समय कटाउन दिनगन्ती गर्नै पर्‍यो नि !

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउ
परीक्षा राम्रो गरेका रहेछन् भने त छुट दिँदा भयो नि !

अखाद्य मह भेटिएपछि देशैभरका मह उद्योग निगरानीमा
माहुरीहरुलाई पनि निगरानीमा राख्नु पर्छ !

‘भारतले एकतर्फी संरचना निर्माण गर्दा सरकार मूकदर्शक बन्यो’ – ओली
पहिलो पटक सरकार र जनता दुबै मूकदर्शक बनेको !

निर्वाचन आयोगको निर्देशनविरूद्ध राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने
निर्वाचन आयोग भन्ने बित्तिकै जनताले चोर आयो भन्न थालेका छन्’ – राजेन्द्र लिङ्देन

‘निर्वाचन सार्ने कुरा गरेका छैनौ’ : सरकारका प्रवक्ता
के थाहा, सर्वदलीय बैठक गर्ने पनि कुरा गरेको थिएन रे !

दक्षिण अफ्रिकाबाट विमानको पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका व्यक्ति जीवितै फेला
लुक्न मिल्ने चक्का खोज्न नेपाली दलालको टोली युरोप जाँदै !

कोटेश्वरबाट पठाओ राइडर अपहरित, दुई जना पक्राउ
अपहरणकारीलाई चिरहरणको मुद्धा !

सम्धिनी भगाउनेविरुद्ध बहुविवाह मुद्दा
बहुबिबाह हैन, वृद्धबिबाहको मुद्धा ठोक्न पीडित सम्धीको माग !

अमेरिका बसिरहेकी आँचल कुँवर कसरी आइपुगिन् ‘दराज नेपाल’ हाँक्न?
उठिन्, टिकट काटिन्, प्लेन चढिन्, उडिन अनि आईपुगिन् !

‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ:’ डब्लूएचओ 
हिसाब मिलान भईसकेजस्तो छ !

सहिद सप्ताहका कार्यक्रम सुरु, शुक्रराज शास्त्रीको शालिकमा मन्त्रीद्वारा पुष्पगुच्छा अर्पण 
शालिकबाट आवाज आयो- डण्ट टच मि-निस्टर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com