शहीदको खेती सिंचाई गर्न गोहीको आँशु, आँशुको दुरुपयोग गर्नेमाथी गोहीकाे आक्रोश !

प्रकाशित मिति: १६ माघ २०७८, आईतवार ११:३५

‘गौतमबुद्ध विमानस्थल बुद्ध जयन्ती अगावै सञ्चालन हुन्छ’ : मन्त्री आले
बुद्ध जयन्ती हरेक वर्ष हुन्छ भन्ने कुरा सबैलाई थाहा छ त्यसैले उनले सोचेर नै बोलेका होलान् !

जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार
त्यसोभए असारसम्म फुट्न पनि तयार हुनुपर्‍यो !

‘चुनाव हुँदैन कि भन्ने अन्योल अन्त्य भयो’ : प्रदीप ज्ञवाली
चुनावमा कसलाई भोट हाल्ने अन्योल जनतामा बाँकी !

‘अब एमाले र कांग्रेसमात्रै अस्तित्वमा रहन्छन्’ : टोपबहादुर रायमाझी
ओली र देउबा रहुन्जेल त पर्सित्वमा पनि रहन्छन् !

‘गठबन्धन तोड्न चाहने चुनावसँग आत्तिए होलान्, हामी छैनौं’ : माधवकुमार नेपाल
‘आत्तिनलाई चुनावको नतिजा कुरेर बसेका छौं’ – माधवकुमार नेपाल

‘रुससँगको द्वन्द्व ‘अपरिहार्य’ होइन’ : अमेरिकी रक्षामन्त्री
रुससँग को द्वन्द्व हो सर, अपरिहार्य हुन पनि सक्छ !

‘शहीद : को हुन् , को होईनन् ?’ शहीद सप्ताहमामात्र सम्झिईन्छ, किन ?
पार्टीकालागी दुहुनो गाई,  थारो भएपछी गुड बाई !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com