उनिहरु त्यसरी शहीद भएर गए, यिनीहरु यसरी नेता बनेर रहे !

प्रकाशित मिति: १६ माघ २०७८, आईतवार १६:४१

राजनितीका क, ख -डा. रवीन्द्र समीर

‘क’ र‘ख’ दुईवटा शरीर, एउटा आत्मा थिए । देश र जनताको स्वतन्त्रता, प्रजातन्त्र एवम् मानवअधिकारको लडाइँमा दुवैले जीवनभर सङ्घर्ष गरे ।

‘ख’ ले वक्तव्य निकाल्थे, पदमा बस्दथे, तर ‘क’ जुलुसमा हिँड्थे, जनता सङ्गठित गर्थे । ‘ख’ ले इशारा गर्थे, भाषण गर्थे, उद्घाटन–समापन गर्थे तर ‘क’ ले ‘ख’ हरूको सुरक्षा गर्थे, पर्चा टाँस्थे, प्रचार गर्थे, तानाशाहीसँग मुकाबिला गर्थे ।

‘क’ सङ्घर्षमा विश्वास गर्थे, ‘ख’ समन्वयमा । ‘ख’ पदार्थभित्र बस्थे, ‘क’ चौडा छाती गराएर खुल्ला सडकमा हिँड्थे । ‘क’ लाई थाहा थियो – हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए…..तर ‘ख’ लाई थाहा थियो– रात रहे अग्राख पलाउँछ …..।
.
बताइरहनुनपर्ला, ‘क’ हरू सहिद भए भने ‘ख’ हरू नेता ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com