नेटवर्किङ व्यवसाय : टाठाबाठालाई वर्किङ, सोझासिधालाई नट-वर्किङ!

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार १२:१३

नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छाड्न अर्थमन्त्रीको आग्रह
नजोडिनमात्र भनेको भए पो, जोडिएपछि छोड्नु भनेजस्तो सजिलो हुँदैन !

मन्त्री यादवलाई बोलाएर मानव अधिकार आयोगले भन्यो : ‘उत्तेजनापूर्ण अभिव्यक्ति नदोहोर्‍याउनू’
‘गौर हत्याकाण्ड दोहोर्याउँला तर उत्तेजनापूर्ण अभिव्यक्ति दोहोर्याउँदिन’ – रेणुकुमारी यादव

कमल थापा नयाँ दल खोल्ने तयारीमा
नेपाली राजनीतिको नयाँ प्रस्तुति – एक नेता एक दल !

प्रदीप ज्ञवालीलाई प्रश्न: ‘एमसिसीबारे एमालेको धारणा के हो?’
एमसिसीबारे एमालेको धारणा – सरकारमा हुँदा एउटा, अहिले अर्कै !]

‘एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ’ : माधव नेपाल
होइन ! एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने कुरा गर्छ !

मुख्यमन्त्री पाण्डे व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै एमालेले दियो प्रतिवाद गर्ने चेतावनी
जाबो प्रतिबाद गर्न पनि के को चेतावनी दिनुपर्‍यो, गरे भैगो त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com