साबधान, यहाँ नि:शूल्क स्वास्थ्य परिक्षण हुँदैछ !

प्रकाशित मिति: २३ माघ २०७८, आईतवार १९:३४

फलानो नीजी अस्पताल’ले ढिस्कानो बजारमा ‘नि:शुल्क स्वस्थ्य परिक्षण’को आयोजना गर्यो । आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा पाँचसय जना सर्वसाधारणको नि:शुल्क स्वास्थ्य परिक्षण गरियो ।

ती पाँचसय जनामध्ये १५० जनाको सुगर ‘लो’ देखियो भने १६० जनाको प्रेसर हाई देखियो । निजि अस्पतालका डा. नि:शुल्क शर्माले यी ३१० जनालाई भन्नू भयो- ‘तपाईंहरुको सुगर/प्रेसर राम्रो देखिएन, थप केही टेस्ट गर्नु पर्छ । त्यसैले भोलि हाम्रो अस्पतालमा आउनुहोला, त्यसपछीमात्र वृस्तित उपचार गर्न सकिन्छ ।”

‘निशुल्क परिक्षण’ भनेर तन्दरुस्त शरीर लिएर शिविर छिरेकाहरुलाई डाक्टरको रिपोर्ट सुनेपछी बल्ल रिंगटा लाग्नथाल्यो । नाईपछी साँच्चै डराए । ‘भोलि हाम्रो अस्पतालमा आउनु’ भनेपछीमात्र केहीले प्रेसर बढेको महसुस गरे ।

नि:शुल्क शिविरमा जाँच मेसिनले अधिकांसको सुगर/प्रेसर असामान्य देखायो ! बिरामीको हैन, एकपटक जाँच्ने मेसिनको चाहिँ चेकजाँच गर्ने कि डाक्टर सा’ब ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com