‘आन्तरिक राजनीति हजार गन्हाउ तर परराष्ट्र नीति एउटै बनाउ !’

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार १३:१६

तीन मुख्यमन्त्री बने तर जुरेन प्रदेश १ को नाम
एउटा पण्डितलाई मुख्यमन्त्री बनाउँदा नाम छिट्टै जुर्थ्यो कि !

‘सत्ता गठबन्धनलाई विकास र समृद्धिका एजेन्डासँग मतलब छैन’ : ईश्वर पोखरेल
गठबन्धन टिक्छ कि टिक्दैन स्योर छैन अनि कसरी मतलब होस् त !

सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन – ‘सरूवा हुने बेला आयो भन्दै दिन गनेर नबस्नू’
किन नबस्नु, जसरी भए नि व्यस्त भए पुगेन ?

‘खोप कार्ड अनिवार्य गरेपछि खोप लगाउनेहरूको भीड लाग्यो’ : स्वास्थ्य मन्त्रालय
खै केको भुत केले मान्दैन भन्छन् नि, के अरे ?

चीन र रुसका राष्ट्रपति बिच बेइजिङमा भेट, एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
चीन र रुसको कुरो यसै मिलिहाल्छ, किन गर्नु पर्‍यो सम्झौता !

‘एमसीसीबारे भ्रम छर्न खोजियो, सबैको सहमतिमा अघि बढ्छ’ : परराष्ट्रमन्त्री खड्का
एमसीसी सम्झौताको विरोधमा माघ २६ गते हुने जनप्रदर्शन पछि सहमति हुन्छ हो ?

कोभिड खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ठप्प, संकटकाल घोषणा
समृद्धिले मात्रै विवेक आउँदैन रहेछ !

प्रचण्डको प्रस्ताव : ‘एमसीसीबारे चुनाव पछाडि छलफल गरौं’
कति नम्बर जिब्रोको प्रश्ताव हो यो कुन्ने !

एमसीसी विवाद : ‘नेपालको परराष्ट्र नीतिमाथि नै प्रश्न !’
आन्तरिक मामलामा हजार तरिकाले पोल खोल गर तर परराष्ट्र नीति एउटै बनाउ ।

‘नेपाली राजनीति दुइजिब्रे प्रवृत्तिबाट मुक्त नहुँदासम्म देश बन्दैन’ : बाबुराम भट्टराई
खै, तिनजिब्रेले पनि बनेन त !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com