कमला थापाद्वारा ‘राप्रपा मार्केट’ छोडेको घोषणा, कहिले खोल्लान् ‘थाप्रपा सटर’?

प्रकाशित मिति: २५ माघ २०७८, मंगलवार १४:२९

‘स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भन्ने आशंका सकियो’ : माओवादी केन्द्र
अब पार्टीप्रतिनिधिले भरिन्छ कि भन्ने शंका बाँकी !

फेसबुक संस्थापक जुकरबर्ग विश्वको टपटेन धनाढ्यको सूचीबाट बाहिरिने खतरा
बाहिरिए पनि के भयो र, यसै अरबपति उसै अरबपति !

कोरोनालाई मौसमी रुघाखोकीजस्तै मानेर अघि बढ्ने दक्षिण कोरियाको तयारी
यो त उत्तर कोरियाले गर्ने खाले काम हो त !

एमसिसीबारे प्रचण्डको दोहोरो नीतिले माओवादी केन्द्रमा अन्योल
अर्को नयाँ पार्टी स्थापना हुनसक्ने खतरा !

लिङ्देनलाई कमल थापाको अल्टिमेटम – ‘स्थानीय चुनाव घोषणाअघि माग सम्बोधन गर्नुस्, नत्र नयाँ यात्रा सुरू गर्छु’
अध्यक्ष हुन पाइनँ भनेर नयाँ पार्टी खोल्ने, कस्तो ‘माधव नेपाल’ हुन मन लागेको होला !

‘एमसीसीबारे पत्राचार गर्ने देउवा र प्रचण्डलाई कारबाही गर्नुपर्छ’ : भीम रावल
‘हेर्नुस्, नेपालका प्रधानमन्त्रीलाई कारबाहीको माग गरेर भीम रावलको देशद्रोह’ – नेपाल पत्रकार नहासंघ (युटुब विभाग)

‘सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार’ : विश्वकर्मा
एमालेको एक्लो प्रतिस्पर्धा – चाहेपनि नचाहेपनि !

लता मंगेशकरको पार्थिव शरीरमा शाहरुखले ‘फुके’, भाजपा नेता र हिन्दु कट्टरपन्थी ‘थुकेको’ भन्दै विवाद बढाउँदै
भारतमा बोल्ने ठाउँ खोजिरहेकाहरुलाई दिवाली आएजत्तिकै भएको !

कमल थापाद्वारा राप्रपा छोडेको घोषणा, अर्को पार्टी खोल्ने तयारीमा !
कमला थापाद्वारा राप्रपा मार्केट छोडेको घोषणा, कहिले खोल्लान् थाप्रपा सटर ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com