श्रीमानविरुद्ध श्रीमानहरुकै महाअभियोग,  प्रश्तावक/समर्थकमा सुश्री  र श्रीमतीहरुपनि!

प्रकाशित मिति: १ फाल्गुन २०७८, आईतवार १३:४६

‘प्रचण्ड र माधव नेपाललाई कामरेड भन्न मिल्दैन’ : ओली
उनले थपे – ‘एमालेका नेताबाहेक अरु कसैलाई काम्रेड भन्न मिल्दैन’

अमेरिकाको पेन्टागनमा कुखुरा पक्राउ, छानबिन जारी
रुसी जासुस भएपनि नभएपनि काटेरै खाने हो !

‘एमसीसीमा सस्तो लोकप्रियताका लागि राजनीति भयो’ : कोइराला
पारित नभएपनि नेताहरुले केही त प्राप्त गरे नि !

देउवा, दाहाल र नेपालबीच छलफल : एमसिसीमा भएन सहमति
छलफल भए पनि नभएजस्तो भएछ !

काँग्रेस प्रवक्ता महतले भने – ‘कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्’
डराउनु पर्ने कि आस गर्नु पर्ने, सबै अन्योलमा !

‘गठबन्धन टुट्दैन भन्न सक्दिनँ, जरुरी परे बालकोट जान सक्छु’ : प्रचण्ड
काँग्रेस प्रवक्ताले भनेकै हुन् – ‘कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्’

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता
प्रधान श्रीमान महाविरुद्ध महाअभियोग, प्रश्तावक र समर्थक पनि श्रीमानहरु नै, श्रीमतीहरु चारछक्क !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com