युक्रेन-रुस तनावको नेपाल असर : रुस्लानको भाउ बढ्ने आशंका, खानपिन मुक्तिमोर्चाद्वारा सरकारको ध्यानाकर्षण !

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलवार १५:१२

रावल र भूसालसहित एमालेका ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्
खाली भनेर केही नलेखिएको कागजमा हस्ताक्षर गर्न लगाएको आरोप !

एमसीसीबारे सभामुखले भने : ‘म त अम्पायर न हुँ, निर्णायक भूमिका त दलको हुन्छ’
अनि खेल सिद्धिएपछि ताली-गाली दिने भूमिकाचाहिँ हामीलाई नै दिनु होला !

‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग स्थानीय चुनाव सार्ने षड्यन्त्र’ : ओली
उनले थपे – ‘चुनाव नहुन्जेल गरिने सबै काम चुनाव सार्ने षड्यन्त्र हो’

‘एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन’ : केपी अ‍ोली
पहिला रोकेर हिँडेन, अब बोकेर हिँड्दैन !

कमल थापाले त्यागे राजतन्त्र, हिन्दु राष्ट्रको मुद्दामात्रै बोक्ने
अध्यक्ष नपाएर राजतन्त्र त्याग्दिने, नयाँ पार्टीले भोट् पाएन भनेर हिन्दु राष्ट्रको मुद्दा पनि त्याग्देलान् !

ट्रम्पले व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका थिए राष्ट्रपतिको पद
व्यक्तिगत फाइदाका लागि प्रयोग गरे उनी एक सफल राष्ट्रपतिका रुपमा चिनिनेछन् !

रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि
रुस्लानको भाउ बढ्ने आशंकामा खानपिन मुक्तिमोर्चाद्वारा चक्काजाम !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com