संसदमा एमसिसि : केहीदिन ‘छल’ गरेर चाँडै ‘फल’ ल्याईने, बोक्रा नेपालीलाई, गुदी बिदेशीलाई !

प्रकाशित मिति: ९ फाल्गुन २०७८, सोमबार १९:०६

ओली सत्तामा फर्किने भयले एमसीसी टेबल गर्न राजी भए प्रचण्ड र नेपाल
सत्तामा हुँदा नि भय, नहुँदा’नि भय, के ‘भए’को यस्तो !

सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ : ‘केही समय हेरौं’
उनले थपे – ‘टेबल त भयो, पास नहुन नि सक्छ त्यसैले हेर्दै गरौँ’

‘एमसीसीलाई संसदमा ल्याउन ढिलो गर्दा अहिलेको अवस्था सिर्जना भयो’ : ओली
अहिलेको अवस्था सिर्जना गर्न सक्रिय रहेकाहरुले जनाए आपत्ति !

मा‌ओवादी र नेकपा एसको रबैया – भित्र समर्थन, बाहिर विरोध
पास भएको दिन संसदभवनमा त्यही हुन्छ – भित्र समर्थन, बाहिर विरोध !

‘रुसले आक्रमण गर्ने निर्णय गरिसक्यो’ : बाइडेन
‘रुसले आक्रमण गर्ने सोचेकै दिन निर्णय गरिसकेको थियो’ – पुटिन

मन्त्री कार्कीले एमसिसी टेबल गर्दा झलनाथ खनालको नाराबाजी
संसदमा नाराबाजी गर्न एमाले नै हुनुपर्छ भन्नेहरुलाई खबरदारी !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com