‘व्याख्यात्मक टिप्पणी’ अर्थात् कुलो र कुरोलाई आफू अनुकुल व्याख्या /विश्लेषण गर्नु !

प्रकाशित मिति: १५ फाल्गुन २०७८, आईतवार ११:४३

व्याख्यात्मक घोषणासँगै एमसीसीको पक्षमा भोट हाल्न माओवादी र एकीकृत समाजवादी तयार !
एमसीसी चाहिन्छ ! द्वन्द बढाउन पाईन्छ ! गठबन्धन बचाईन्छ !

‘ओली फेरि सत्तामा आए नेपाल सिध्याइदिन्छन्’ : अध्यक्ष नेपाल
देश नेपाल भन्दापनि माधव नेपाललाई सिध्याइदिने डर !

‘एमसीसीबारे कांग्रेसले हामीसँग कुरा गर्दा साथीभाइको सातो गएछ’ : ओली
साथीभाइले भने – ‘ओलीको बारेमा हैन, भोलीको बारेमा सोचौँ !’

पुटिनविरूद्ध अमेरिकाले लगायो प्रतिबन्ध
प्रतिबन्ध लगाएपनि छिर्ने भनेको उनको सेना हो, उनीहरुलाई चाहिँ सादर निमन्त्रणा हो ?!

‘एमाले एमसीसी पास गर्ने अवस्थामा छैन’ : केपी ओली
सत्तामा हुने अवस्थामा नभएकाले !

‘संसदमा हामी सहभागी नभएपछि एमसीसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’ : ओली
संसद अवरोध नरोकेसम्म त हामी पनि भन्न सक्दैनौँ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com