एमसिसीसँगै नेपाल आईपुगे ७ अमेरिकि साँढे; नेपाली गाई त्रसित, गोरु आक्रोशित, गैंडा उत्साहित !

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार १२:१३

पहिलो पटक ल्याईयो अमेरिकाबाट सात साँढे
एमसिसीसँगै आईपुगे अमेरिकी साँढे, नेपाली गाईहरु त्रसित, गाेरु आक्रोसित !

गगन थापाको चुनौती : ‘अमेरिकी सेना आए मलाई थानकोट कटाइयोस्’
थानकोट कटाएर दिल्लीहुँदै डिसीसम्म पुर्याईयोस् !

संसदबाट एमसीसी सम्झौता अनुमोदन
सडकबाट सम्झौता खै के भनुँ-मोदन ?!

‘ओली त आँखा चिम्लेर एमसीसी पास गर्न तयार थिए’ : माधव नेपाल
”माधव नेपालले जिब्रो निकालेर पास गरिदिए’ – ओली

मंगोलियाले ठूला शक्तिराष्ट्रलाई सन्तुलनमा राख्न सक्ने, नेपालले नसक्ने!
मङ्गोलियाले महँगो लिया हो, नेपाल सस्तो लिया होला नि त !

पललाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको स्वीकृति 
न्यायीक हिरासतमा अन्यायी विरासतको काम पक्कै नहोला !

राजेन्द्र लिङ्देनको प्रश्न- ‘एमसिसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ?’
माने मान्छ, नमाने हान्छ !

सत्तामा बसेर नेपाल बन्द गर्दै जनमोर्चा
जन सडकमा, मोर्चा सरकारमा !

अमेरिकाले भन्यो : ‘नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो छ’ कत्रो ?!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com