युट्युबर आन्दोलनमा, साईबर ब्युरो प्रतिकारमा, ‘कमेन्ट रिडर्स एसोसिएसन’ले मध्यस्थता गर्ने !

प्रकाशित मिति: २१ फाल्गुन २०७८, शनिबार ११:१६

‘व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो’ : महासचिव पोखरेल
चुनावअघिको समय हो, भ्रम छर्नै पर्‍यो नि !

‘जनताले राप्रपाबाट विकल्प खोजेका छन्’ : डा. प्रकाशचन्द्र लोहनी
कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा नै हो त ?

माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : ‘प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छैन !’
एमसीसी पास भैसकेपछि छुट्टिनुको के अर्थ !

रुसका बालबालिकालाई युक्रेनमा युद्ध गर्नु पर्नाको कारणबारे पढाइने
युक्रेनमा त्यही विषय पढाउनु परे पाठ्यक्रम फरक हुने !

‘मानव ढालको रुपमा नागरिकको प्रयोग गरिरहेको छ युक्रेन’ : रुस
उनीहरुको देश नै ढाल्न खोजेपछि ढाल बन्नुपर्‍यो नि त !

टिकटकले भिडियोको अवधि ३ मिनेटबाट बढाएर १० मिनेट पुऱ्याउने
तीन मिनेटको कन्टेन्ट बनाउन गार्हो हुनेहरुलाई दश मिनेटसम्म पुर्याउन हम्मे हम्मे !

१६ वटा युट्युब र केही अनलाईनहरुलाई कारवाही गर्न प्रेस काउन्सिलको आदेश, पल-समीक्षा काण्डमा भ्रम फैलाएको आरोप
युट्युबर आन्दोलनमा, साईबर ब्युरो प्रतिकारमा, ‘कमेन्ट रिडर्स एसोसिएसन’ले मध्यस्थता गर्ने !

YouTube experiences brief outage across the globe - CNET

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com