प्रधानमन्त्रीले किन भने – ‘विपक्षीको खेदो नगर्नु ?’

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार १३:२१

‘अबको लडाइँ सत्य र असत्यबीच हुन्छ’ : केपी ओली
सत्यको जित त हुन्छ तर एमालेको सत्य कि गठबन्धनको ?

ओलीको निशानामा निर्वाचन आयोगदेखि सभामुखसम्म
आँखा भने अझै प्रधानमन्त्रीको कुर्सीमा !

सार्वजनिक स्थानमा धूमपान निषेध : कानुनमा छ, व्यवहारमा छैन
खै कताको कानुन, खै कसले जानुन् !

कांग्रेस बैठकमा देउवाको निर्देशन, ‘गठबन्धन दल र विपक्षीको खेदो नगर्नू’
निर्देशन नेताहरुकालागि हो, कार्यकर्तालाई कार्यकर्ता नै हुन दिनुपर्छ !

युक्रेनमा विस्फोटले तर्सिएका चिडियाघरका जनावरलाई सुई लगाएर लठ्याइन्छ
पुटिनलाई नसुनाउनु, युक्रेनीहरुलाई त्यसरी नै लठ्याउन खोज्लान् !

महाधिवेशनपछि शेखर, सुजाता र शशांकबीच भेटघाट-बोलचाल लगभग बन्द
चुनाव आउन लाग्यो, बोल्ने बेला समय नजिकिँदै छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com