चीनका प्रधानमन्त्रीले भने नेपालका प्रधानमन्त्रीले कहिल्यै नभन्ने कुरा!

प्रकाशित मिति: २८ फाल्गुन २०७८, शनिबार १२:००

माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति
आपत्ति ओलीको मात्र हो तर उनको आदेशमा पुरै एमालेले आपत्ति जनाएको !

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन
माओवादीलाई काम लाग्ला तर माधव नेपालको कानमा त्यो निर्देशन नपरोस् !

‘रुखबाहेक अरु चिह्नमा भोट हाले हाम्रो तागत घट्छ’ : गगन थापा
ठीक भन्नुभयो गगनजी, तपाईंले चुनावी प्रक्रिया बुझ्नुभएको रहेछ !

‘राजनीति दुई धारमा बाँडिएको छ, हामी चुनावबाटै ठेगान लगाउँछौ’ – ओली
नेपाली जनताले ठेगान लगाउन सहयोग गरे भने मात्र !

चिनियाँ प्रधानमन्त्रीले भने – ‘अर्को वर्ष पद छोड्छु’
चिनियाँ प्रधानमन्त्रीले भने नेपालका राष्ट्रपतिले कहिले पनि नभन्ने कुरा !

एमसीसीको विरोधमा रहेका विप्लवलाई देउवाले भने – ‘विरोधका कार्यक्रम शान्तिपूर्ण होस्’
विप्लव भएकाले विरोध कार्यक्रम शान्तिपूर्ण हुन नसक्ने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com