नेपालमा दुई दलीय व्यवस्था : एउटा नेपालीय जनता पार्टी, अर्को कञ्जरभेटिभ पार्टी अफ नेफोल !

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार १३:५५

‘विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन्’ : प्रचण्ड
विदेशीहरु पनि गठबन्धन तोड्न लागिपरेको उनको आरोप !

‘चुनावमा माओवादीले जितेन भने जनक्रान्तिका उपलब्धिले हार्छ’ : प्रचण्ड
त्यो हारको केही प्रतिशत जिम्मा मात्र आफुले लिनसक्ने उनको भनाइ !

‘बाइडेनको कायरताले गर्दा अमेरिकासँग डराउन छाडे’ : डोनाल्ड ट्रम्प
डराउन छाडेकाहरु भन्छन् – ‘ट्रम्प अहिले राष्ट्रपति नभएकाले डराउन छाडेको हो’

‘प्रधानमन्त्रीलाई बादलसँग आँगनमा परेको माछाको मात्रै चिन्ता छ’ : ओली
ओलीलाई नयाँ उखान बनाएर भन्यो भने अरुले बुझ्छन् कि बुझ्दैनन् भन्ने चिन्ता छ !

कम्प्युटरमा काम गर्नु हुन्छ भने यी सर्टकट थाहा पाउनुहोस्, असाध्यै छिटो हुनेछ काम
ALT+F4 थिच्नुभयो भने  छिट्टै काम हुन्छ- सट डाउन !

फ्रान्सेली राष्ट्रपतिका उम्मेदवारको टाउकोमा अन्डा प्रहार
प्रहार पछि टाउको भिज्दा उसिनेको अन्डा नभएको पुष्टि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com