उम्मेदवारको चुनाव खर्च : आयोग भन्छ- ‘यती हो’, एमाले भन्छ- ‘त्यति हो ?!’, माओवादी भन्छ- ‘अति भो !’, काङ्ग्रेस भन्छ- ‘जत्ती हो ।’ तपाईं भन्नोस् त- कति हो ?

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलवार १७:२७

‘राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं’ : लिङ्देन
राष्ट्रिय चुनावलाई सफल पारौँ, राप्रपालाई हलो चिह्न दिउँ – जनचेतनाकालागी अहँ संचार !

आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट, दुईजना पक्राउ
अब जिब्रोमा कागती निचोरेर लुटपाट गर्ने चुनौती !

‘युक्रेनसँग लड्न रुसले सहयोग मागेको छैन’ : चीन
रुसले सहयोग मागेको छ भनेर उसले नभन्न भनेको छ !

‘कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ’ : मेयर सरावगी
कांग्रेसमा स्कोप नदेख्न यत्रो समय त नलाग्नुपर्ने हो !

प्रधानमन्त्री देउवाले फेरि भने – ‘भीम रावलले एमसिसीको विरोध गरेको सुहाउँदैन’
पहिला विरोध गर्नेहरु अहिले एमसिसीको पक्षमा बोल्दा धेरै राम्रो देखिने, अत्यन्तै सुहाउने !

उम्मेदवारलाई चुनाव खर्च : ‘माओवादी भन्छ–’धेरै भो ।’, एमाले र जसपा भन्छन्– ‘थोरै भो !’ कांग्रेस भन्छ – के भो ?’, निर्वाचन आयोग भन्छ – ‘लु भो । हामी भन्छौँ – ‘अत्ति भो !’

‘भारतसँग आँखामा आँखा जुधाएर कुरा गने एमाले मात्र’ : वरिष्ठ उपाध्यक्ष पोखरेल
आँखा जुधाउने कुराले आँखा फुटाइदिएको धाक !

‘संसद विघटनमा देशी विदेशी शक्तिहरुबाटै ठुलो षडयन्त्र भयो’ : अध्यक्ष प्रचण्ड
भर्खर थाहाभएको भएर त्यो बेला ओलीलाई मात्र दोष दिएको !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com