‘जति साना माग त्यति ठुला हडताल’ – के हो?

प्रकाशित मिति: ३ चैत्र २०७८, बिहीबार २१:११

‘हामी आक्रामक हुँदा मात्र चुनाव जित्छौं’ : प्रचण्ड
‘त्यसैले अब गाउँसहर थर्काउँदै भोट माग्न निस्किँदै छौं !’

इस्लामोफोबिया विरोधी दिवस मनाउने पाकिस्तानको प्रस्ताव पारित भएकोमा भारतको चिन्ता
पाकिस्तानको प्रस्ताव पारित भएपछि भारतलाई चिन्ता भैहाल्छ नि !

रुसले अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध लगायो
बाइडनकै गल्ती हो, उनले प्रतिबन्ध नलगाएका भए रुसले प्रतिबन्ध लगाउने आइडिया नै पाउँदैन थियो !

‘अमेरिकालाई छक्याउने गठबन्धन अरुलाई छक्याउन किन पछि पर्थ्यो’ : ओली
आफुलाई छक्याउन नसक्ने भनेको कि छक्यायो भन्न खोजेको, प्रष्ट नभएको !

राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’
अर्थात यता’तिर’ हेर्नुस्, यता’तिर’ भोट गर्नुस् !

प्राध्यापकहरुलाई शिक्षा मन्त्रीले भने : ‘स-साना कुरालाई लिएर विश्वविद्यालयमा हड्ताल नगर्नुस्’
माग जति साना हुन्, पुरा गर्न हड्ताल गर्नैपर्छ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com