पंजाबमा ‘आम आद्मी’को जीत, नेपालमा को होला ‘भगवंत मान’को मीत ?

प्रकाशित मिति: ६ चैत्र २०७८, आईतवार १७:३९

ओलीमाथि विश्वप्रकाशको टिप्पणी : ‘सरकार गयो, अहंकार अझै गएन’
सरकारमा पुगेपछि आएको अहंकार सरकारमा नहुँदा जाने कुरा हुँदैन नि त !

प्रदेश मन्त्रीको टिप्पणी : ‘पार्टीमा नलाग्नेहरु देशद्रोही र अनागरिक हुन्’
आम नेपाली हुनु कि देशद्रोही हुनु, छान्नै गार्हो !

‘अब एमाले रहेन, ‘सूर्य’मा ग्रहण लागिसक्यो’ : अध्यक्ष नेपाल
‘कलम’ले भने अहिलेसम्म केही नलेखेको !

देउवालाई ओलीको कटाक्ष : ‘लौरो टेकेर अरुले नदेख्ने गरी सूर्यमा भोट हाल्नुहोस्’
भनेपछि नेपाली युवाबाट आश मरिसकेको रहेछ !

‘गीतदेखि पत्रिकाबाट मलाई गालीगलौज गर्न लाखौं-करोडौं खर्च गरिएको छ’ : प्रचण्ड
वर्षाैंदेखि सित्तैमा गाली गरिरहेकाहरुलाई भयो पछुतो !

‘आगामी निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो सजाय दिनुपर्छ’ : झलनाथ खनाल
चुनाव हारेर सजाय पाउने हो भने त नयाँ पार्टीले पनि ठुलै सजाय भोग्ला !

पञ्जाब प्रान्तमा आम आद्मी पार्टीको विजय, कमेडियन भगवंत मान मुख्यमन्त्री नियुक्त
ओ पाजी ! तुसी बधाई हो । मोदी पाजी दि सजाय हो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com