श्रीलंकामा कागजको अभाव- प्रश्नपत्र छापिएन, वार्षिक परीक्षा स्थगित : नेपालकाे सन्देश – ‘पढी-लेखी के काम, दान माग्यो खायो माम!’

प्रकाशित मिति: ७ चैत्र २०७८, सोमबार १३:१६

‘अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौं’ : कमल थापा
नाममै ‘नेपाल’ भएको पार्टी, त्यो भन्दा कति राष्ट्रिय बन्नु !

‘वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं’ : ओली
पाँच दलको आश – जित्ने अनि त्यही कुचो घुमाएर कुटपिट गर्ने !

झलनाथ खनालप्रति सुवास नेम्वाङको कटाक्ष : ‘यत्रो जनसागर भएको ठाउँमा एमालेको मतपत्र कसरी खाली हुन्छ?’
खनालमा नयाँ पार्टीको जोश र जाँगर धेरै बाँकी छ भन्ने बुझ्नुपर्‍यो !

एमसीसी पारित भइसकेपछि चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमणले के संकेत गर्छ ?
चिनियाँ विदेशमन्त्रीको अमेरिकी साँढे अवलोकन गर्ने चाहना !

कांग्रेस उपसभापति गुरूङप्रति प्रचण्डको आक्रोश – ‘सुन्नै गाह्रो हुने भाषा बोल्ने?’
पर्यटनमन्त्रीले बोलेको भाषा सुने त आक्रोश मात्र हैन क्रोधित भएर तान्डव नृत्य गर्ने रहेछन् !

प्रकाश शरण महत भन्छन्- ‘ओली हास्य कलाकार बनिसके’, प्रदिप पौडेलका अनुसार ओली ‘अराजक पात्र’
हास्यकलाकार पनि, अराजक पनि : ओलीले यसै टिकटक खोलेका होइनन् नि !

रेल र पानी जहाज देखाएर अघिल्लो निर्वाचनमा भोट मागेको एमाले अब के लिएर पस्छ गाउँ?
साथमा केही नहुनेहरु आवाज लिएर पस !

आफूले बोल्ने समयमा पत्रकार नबसेपछि प्रदेश प्रमुख शेरचनको गुनासो, ‘यो बुढाले के बोल्ला भनेर नबसेको होला’
यो समाचारचाहिँ कसरी बाहिर आयो भन्ने विषयमा अनुसन्धान गर्न माग !

श्रीलंकामा कागजको चरम अभाव, प्रश्नपत्र छापिएन, वार्षिक परीक्षा स्थगीत
नेपालले भन्यो- पढी लेखी के काम, गफ जोत्यो खायो माम !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com