‘ईमानदार भएर पार्टीमा नबस, चर्चित बनेर प्रवेश गर, मुक्ति यही हो !’ – भ्रम्मा ज्ञान

प्रकाशित मिति: ११ चैत्र २०७८, शुक्रबार १२:०७

‘चुनावमा गठबन्धन गर्दैनौं, कतै तालमेल हुन सक्छ’ : ईश्वर पोखरेल
झापादेखि काठमाडौं – तालमेल जतै पनि हुन सक्छ !

‘लोकतन्त्र बचाउनका लागि गठबन्धन आवश्यक’ : प्रधानमन्त्री देउवा
सबै आँफै चुनाव जित्ने कुरा गर्छन्, गठबन्धनको काम त प्रतिपक्षीको विरोध गर्नेमात्र भयो !

राप्रपा-विवेकशील साझा एकता : पार्टीको नाम र चुनाव चिह्नमा मात्रै अड्कियो
एउटा प्रदेश नामबिना चलिरहेकै छ, पार्टीपनि त्यसरी नै चल्न किन नसक्नु !

‘प्रमुख दलका नेताको पछि लागेर देश बन्दैन’ : लिङ्देन
साना दलका पछि लागेर के गर्नु, भोट आउँदैन !

विमानस्थलमा आफन्त पर्खिनेसँग बसेको पैसा लिने कुराको विरोध भएपछि बाहिर छुट्टै प्रतिक्षालय बन्ने
त्यस्तो प्रतिक्षालय बनिसकेको छ त – एयरपोर्ट बाहिरको बस बिसौनीमा !

‘पार्टीका कार्यक्रममा खादा र मालाको तमासा नगरौं’ : ओली
उनले थपे – ‘किनकी त्यसो गर्दा मैले बोल्दा हुने तमासाकोलागि समय पुग्दैन’

नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनको आग्रह
यो युद्धले नेपाललाई कसरी असर गर्छ भन्थे, यसरी पो रहेछ !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com