चीनले गर्यो पोखरा एयरपोर्टको साँचाे हस्तान्तरण : कि-रिङको व्यवस्था नेपाल आफैंले गर्नुपर्ने !

प्रकाशित मिति: १३ चैत्र २०७८, आईतवार ११:१३

ओलीको टिप्पणी : ‘माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै मैलियो !’
उहिलेदेखि फोहोर भएको बागमती मैलिएको कसरी थाहा हुन्छ ?

‘अरुका लागि चुनाव, माओवादीका लागि लडाइँ हो’ : प्रचण्ड
तर अरुले भोट माग्ने बेला माओबादीले लडाइँ भनेर हतियार फिर्ता माग्न मिलेन !

देउवाको प्रश्न – ‘एमाले र माओवादी भोलि मिलिदियो भने के गर्ने ?’
पहिला जे गरेको त्यही – पालो पर्खिने !

‘माओवादीले एमालेसँग टाँसिएर जित्ने सपना नदेखे हुन्छ’ : महेश बस्नेत
माओवादी एक्लै चुनाव जित्ने सपना देख्नमा व्यस्त छ !

प्रधानमन्त्री देउवा र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता, पोखरा विमानस्थलको साँचो हस्तान्तरण
कि-रिङ्गको व्यवस्था नेपाल आँफैले गर्नुपर्ने !

‘एमालेले दुई-तिहाई होइन, दुई-तीन सिट ल्याउँछ’ : झलनाथ खनाल
त्यसो हो भने एकीकृत समाजवादीले त एक सिट पनि नल्याउने भयो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com