करिश्म्याटिक क्याम्पियन : कम्रेट मुसुक्क, कमरेड भुसुक्क !

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार १९:२०

प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकतामा परेनन् व्यापारिक मुद्दा
प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भएकाले प्राथमिकतामा आराम राखिएको !

एनआरएनएको नयाँ टिम खुमलटारमा, प्रचण्डले गरे प्रशंसा
प्रशंसा पछि थपे- ‘विदेशबाटै माओवादीलाई भोट मागिदिनु’

लोडसेडिङ नहटे उद्योग बन्द गर्ने सुनसरी-मोरङका उद्योगीको चेतावनी
लोडसेडिङले गर्दा उद्योग अहिले पनि बन्द भएजत्तिकै भएको कारणले !

एक पिताले एकै पटक जन्मेका पाँच बच्चालाई आधा म्याराथन धकेलेर राखे विश्व रेकर्ड
जाबो आधा म्याराथन धकेलेर रेकर्ड राख्न पाँचवटा बच्चालाई एकैचोटी जन्माउनुपर्छ त ?

ओलीको सभामा करिश्मा मुसुक्क, भाषण गर्दा नेताको नामै भुसुक्क !
भनिदिएको भए हुन्थ्यो नि त कानमा खुसुक्क !

आरआरआरको सफलतामा सलमानको प्रश्न – ‘हाम्रो चलचित्र दक्षिण भारतमा किन चल्दैन ?’
पता नहीँ भाइ, हाम्रो चलचित्र हाम्रै देशमा चल्दैन !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com