विप्लवले केही जानपनि नदिने, केही आउनपनि नदिने !

प्रकाशित मिति: १८ चैत्र २०७८, शुक्रबार १०:०७

‘अपर कर्णाली रोक्यौं, एमसीसी पनि लागू हुन सक्दैन’ : विप्लव
‘केही जान पनि दिँदैनौ, केही आउन पनि दिँदैनौ !’

‘देशका तीनवटै अंगले काम गर्न सकेनन्’ : लिङ्देन
नेपाली ‘काम’मा नभए अङ्रेजी ‘Calm’मा हुनुपर्छ !

एमालेले धेरै आय भएका पाँच हजार सदस्यबाट महिनाको पाँच हजार उठाउने
धनी एकीकृत मार्क्सबादी-लेनिनबादीहरु हुँदाहुँदै निर्वाचन आयोगको पैसा किन चाहियो !

पुटिनले गरे अमेरिका र बेलायतको खण्डन
भनेपछि पुटिनले केही नयाँ गरेनन् !

‘मधेशमा एमाले प्रवेशको लहर चलेको छ’ : शंकर पोखरेल
चुनावअघिको लहर हो, भोटको लहर होइन !

लोसपा कुनै पनि दलसँग गठबन्धन गर्न तयार
लोसपाका नेताहरु कति सजिला, खाना खान घर बोलाउनुपर्ला !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com