अप्रिल फूलमा देउबाको भाजपा कार्यालय भ्रमण, सबै संवाद र सहमति ठट्ठामात्र, भने – ओलीले ठट्टा गर्न हुने, हाम्ले नहुने !

प्रकाशित मिति: १९ चैत्र २०७८, शनिबार १८:१०

ओलीको टिप्पणी : ‘कांग्रेस सधैँ बिग्रिएका, पत्रु तत्वसँग घाँटी जोड्छ’
स्मरण रहोस् – त्यस्ता केही तत्वहरुसँग पहिला उनले पनि घाँटी जोडेका थिए !

देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर ?
त्यही त, चुनावपछि छुट्टी मनाउन गएको भए नि एउटा कुरा !

‘आउँदो चुनावमा गठबन्धन आफै बढारिन्छ’ : शंकर पोखरेल
बढार्ने कुरा त ओलीले गरेका हुन्, केही नयाँ ल्याउनुपर्‍यो !

इमरानकी पूर्वपत्नीले भनिन् – ‘तिमी प्रधानमन्त्री नहुँदा पाकिस्तान महान थियो’
इमरानले दु:ख पोखे – ‘विवाहित हुँदा म तिम्रो लागि महान थिएँ’

मन्त्री रामकुमारी झाँक्रीबाट उद्घाटन गराउन ठिक्क पारिएको भवन एमाले सांसदले अघिल्लै दिन भ्याए !
सांसदले भने – ‘लैङिक समानताको युगमा के को लेडिज फर्स्ट’ !

पर्यटनमन्त्री आलेको दाबी : ‘बन्दुकबाट निस्किएको गोली र प्रेम आलेको बोलीमा एक इन्च पनि फरक हुँदैन’
निस्किएको गोली निशानामा लागेन भने त खेर गयो नि !

सत्ता गठबन्धनविरुद्ध ओली र लिङ्देनको जोडी, एमाले-राप्रपाको चुनावी तालमेल हुनसक्ने
आलोचना मात्रै गरिरहनेहरुको जोडी नमिल्ने कुरै भएन नि !

‘गठबन्धन देश बनाउन होइन एमालेलाई हराउन बनेको हो’ : प्रदीप ज्ञवाली
सो कुरा गठबन्धनका नेताहरुले नि मानेको, जनतालाई पनि थाहा भएको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com