नेपालमा ईन्धनको कृतिम अभाव, धमिलो पेट्रोलमा माछा मार्ने प्रयास ! को को हुन् त मछुवाराहरु ?

प्रकाशित मिति: २० चैत्र २०७८, आईतवार १०:२५

‘बाली लगाउने र थन्क्याउने एउटा, खाने अर्कै हुँदा नेपालमा अस्थिरता भयो’ : प्रचण्ड
कहिलेको बाली हो यस्तो, अस्थिरता त नेपालमा पहिलै देखि छ !

‘एमाले फुट्यो भनिए पनि झन् ठूलो भएको छ’ : ओली
मधेशमा पार्टी प्रवेशको ‘लहर’ लागेको छ रे, झन् ठूलो हुनै पर्‍यो नि !

‘नेपाल र भारत अनादिकालदेखि एकअर्काका सुखदुःखका साथी’ : नरेन्द्र मोदी
यस्तो सिमा मिच्न दिने साथी त खोजेपनि पाइँदैन !

‘पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो’ : बाइडेन
अहिले विश्वभरि भैरहेका सबै कुराहरुको दोष पुटिनलाई दिँदा केही बिग्रिँदैन !

कार्यवाहक प्रधानमन्त्रीको निर्देशन – ‘पेट्रोलियम पदार्थको समस्या तत्काल समाधान गर्नोस्’
उनी कार्यवाहक प्रधानमन्त्री भएकाले उनले देउबालाई नै निर्देशन दिएको !

ओलीको वक्तव्यमाथि गगन थापाको फ्याक्ट चेक : ‘१५ मिनेटमा तीन वटा झुट बोले’
ओलीको काम बोल्ने हो, झुट वा सत्यमा न उनको ध्यान हुन्छ न हाम्रो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com