भ्यु-टावरसँग ईन्टरभ्यु : ‘हेर्नलाई हो कि चढ्न’नि पाईन्छ ?’

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार १०:२०

‘कांग्रेसले भ्युटावर र गेट बनाउँदैनौं भनेर घोषणा पत्रमा लेख्नुपर्छ’: शेखर कोइराला
घोषणा पत्रमा त ‘के गर्दिनँ’ भन्दा पनि ‘के गर्छु’ भनेर लेख्नुपर्ने हो !

‘भ्यूटावरहरु सभ्यता र विकासका केन्द्र हुन्’ : ओली
उनले थपे – ‘म पनि सभ्यता र विकासको केन्द्र भएकाले मैले उद्घाटन गरेको हुँं’

‘सपनामात्रै बाँड्नेलाई भोट नदिनुहोस्’ : प्रदीप पौडेल
सपना देख्ने नेपालीलाई सपनै मात्र बाँडेर भोट मागेपछि दिनैपर्‍यो नि !

पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस
ओलीपथको रोड पाकिस्तान सम्म पुगेको, पिच गर्न बाँकी !

तिब्बतको भौतिक पूर्वाधारमा १ खर्ब ४० अर्ब चिनियाँ लगानी
भौतिक पूर्वाधारमात्र नभइ तिब्बतलाई छुट्टिन नदिने चाहन सहितको लगानी !

प्रचण्डको प्रश्न : ‘सबैलाई अधिकार दिलाउने माओवादी, सरकार चलाउने अर्कै?’
अधिकार दिलाएपछिको सरकार माओवादीको नै चलाएकै हो त, अहिले तुलना गर्न मिल्दैन नि !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com