जितको रहस्य : क्रिकेट- आत्मवल र हातमा वल, राजनीति- वाहुवल र मुढेवल !

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलवार ०९:२६

मन्त्री आलेको प्रष्टीकरण : ‘कोरोनाले थलिएको पर्यटन उकास्न सलमानको कन्सर्ट’
सलमानको दशरथ रंगशाला भ्रमणले नेपालको पर्यटन उकास्ला र भनेको ?

‘कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन्’ : लिङ्देन
लिङ्देनको हरेक भाषणमा हुने विचार पनि एउटै हुन् !

‘एमालेविरुद्ध तालमेल गरेका होइनौं ‘ : वर्षमान पुन
‘हामीले एमाले बाहेकका पार्टीहरुलाई बढार्ने भनेका हौँ, गठबन्धनलाई हैन’ – ओली

विराटनगरका उद्योगीको गुनासो : ‘कुलमानलाई भगवान् ठानेका थियौँ, नाङ्गिनुभयो !’
अँध्यारोमा नाङ्गिएको कसैले देख्दैन होला भनेको त…

‘असली कम्युनिष्ट पार्टी भनेकै एकीकृत समाजवादी हो’ : माधव नेपाल
असली कम्युनिष्ट पार्टी भए नाम एकीकृत साम्यवादी हुनुपर्‍यो !

‘संविधान बचाउन गठबन्धन गरेका हौं, हेप्ने-चेप्ने गरियो भने विकल्प खोज्छौं’ : बाबुराम भट्टराई
गठबन्धनबाट निस्किनु बाहेक अरु के विकल्प होला र !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com