नेकपाको ‘ढक’ विवाद : क्या ‘ढक’ भैदि’रा !

प्रकाशित मिति: २७ चैत्र २०७८, आईतवार १३:२२

‘चुनाव लड्दा ६ करोड खर्च भयो’ : डा. शशांक कोइराला
६ करोडभन्दा माथि खर्च गर्न नसक्नेलाई चुनाव नलड्न सुझाव !

माधव नेपालले भने – ‘गफाडीलाई गफ गर्न दिनोस्, हामी काम गरेर देखाऔं’
हामीचाहिं काम गरेको हेर्न तयार बसौं !

‘नौ महिनामा देशलाई कंगाल बनाए’ : केपी ओली
कंगाल बनाउनेहरुको स्पष्टीकरण – ओलीका कारण सजिलो भएको !

ओलीलाई झलनाथको जवाफ : ‘हाम्रो पार्टी दसौँ टनको ढक हो’
त्यसो भनेर आँफुलाई ढक बनाउन खोजेको ओलीको आरोप !

जहाँ छन् लाखदेखि करोडौंसम्मका खानेपानी योजना, त्यहीँ छ पानीको दु:ख !
योजना अर्कैको हो, दु:ख पाउने अर्कै हुन् !

पुटिनका छोरीहरुलाई समेत अमेरिकाले लगायो प्रतिबन्ध
पुटिनका छोरीहरु भएकाले जे पनि हुनसक्ने भएर प्रतिबन्ध लगाइएको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com