ऋषि घमलाको काउन्सिलिङ प्रेस काउन्सिललाई -‘अचार-संगितालाई सबैले मान्नुपर्छ । तर, अचारको नुन र संगिताकाे बाेली चखिलो हुनुपर्छ !’ 

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलवार १७:०१

‘केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिए’ : योगेश भट्टराई
त्यस्ता केही मानिसहरु एमालेमा हुन पनि सक्छन्, नहुन पनि सक्छन् !

‘कमिसनखोरी गर्न नदिएवापत सरकारले गर्भनरमाथि हमला गर्‍यो’ : ओली
भनेजस्तो नहुँदा संसद विघटन गर्ने सरकारसंग तुलना गर्न मिल्दैन !

‘नेपाल श्रीलंका जस्तै हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो’ : अर्थमन्त्री शर्मा
राष्ट्रघात होला तर चुनाव प्रचारप्रसार पनि हो !

ऋषि धमलाले प्रेस काउन्सिल पुगेर भने – ‘पत्रकार आचार संहिता थाहा पाएँ, अब सुध्रन्छु’
जबरजस्ती गर्न पाइँदैन भन्ने पत्रकार आचार संहिता थाहा पाउन ऋषि धमला हुनुपर्छ !

‘अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ’ : माधव नेपाल
अघिल्लो निर्वाचनको हैसियतसंग अर्को दुईतिहाइको आश !

चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका शशांक कोइरालालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले नि सोचेर बोल्न बाध्य बनाउने भयो !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com