किन पग्लिए कमल थापा, सुर्यको रापले कि हलोको चापले ?

प्रकाशित मिति: १ बैशाख २०७९, बिहीबार १९:४८

‘कमल थापा एमालेमा विलय हुने प्रक्रियामा’ : राजेन्द्र लिङ्देन
सुर्यको तापले पगालेका कारणले हुनसक्ने !

बतासलाई मन्त्री आलेको कटाक्ष – ‘१०५ किलोको मन्त्रीलाई ५५ किलोकाले उडाउन खोज्ने ?’
‘उडाउन खोज्दा कसैको तौलमा ध्यान दिएका थिएनौं’ – बतास समूह

पूर्वराजा शाहले भने – ‘जनजीवन सुध्रिएन, चर्का नारा र आश्वासनले नागरिक असन्तुष्ट’
नेपालमा शाह बाहेक अरु को राजा थिए र ‘पुर्वराजा शाह’ले भनेको भन्नुपर्यो !

चर्को आलोचना भएपछि फेशबुकबाट प्रचण्डले हटाए कुलमान घिसिङको तस्बिर
‘फोटो अपलोड गर्दागर्दै बत्ती गएकाले फोटो हटाइएको हो’ – माओबादी केन्द्र

लकडाउनमा पार्टी गरेका बेलायती प्रधानमन्त्रीलाई प्रहरीले जरिवाना गर्ने
कोभिड लागेर निको भएकाले मात्र पार्टी गरेको उनको स्पष्टीकरण !

बाइडेनले लगाए पुटिनमाथि युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप
पुटिनले भने आफूमाथि नरसंहारको आरोप लगाएको भनी बाइडेनमाथि लगाए आरोप !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com