ट्विटर किन्न तम्सिएका एलन मस्कलाई श्रीलंका किन्न सुझाव, मस्कले भने- ‘नेपालको लोकल ईलेक्सनलाई खरिद गर्छु, प्याकेजमा डिल गरौं!’ 

प्रकाशित मिति: ४ बैशाख २०७९, आईतवार ०९:४८

दोब्बर भयो कागतीको मूल्य, गोटाकै २० रुपैयाँसम्म
कागतीको मूल्यवृद्धिसंगै उपभोक्तालाई भयो अमिलो !

‘गठबन्धनमा वास्तविकताभन्दा पनि कार्यकर्ताको कुरा सुने अप्ठ्यारो हुन्छ’ : माधव  नेपाल
अर्थात् – ‘कार्यकर्ताले हाम्रो कुरा सुन्ने हो, हामीले उनीहरुको होइन’

‘तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो’ : कमल थापा
किनभने कमल थापाले राजा फर्काउन सक्दैनन् भने कसैले सक्दैन !

‘गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको’ : देउवा
एकीकृत समाजबादीलाई त्यत्रो जिम्मेवारी थाम्न गाह्रो हुनसक्ने भएकाले !

निर्वाचन आयुक्तको चेतावनी : ‘चुनाव हुँदैन भन्दै भ्रम फैलाउनेमाथि कारबाही हुन्छ’
चुनाव हुँदैन भन्दै ‘त्रास’ फैलाउनेलाई भने के गर्ने भनेर आयोग अन्योलमा  !

युक्रेनलाई हतियार नपठाउन अमेरिकालाई रुसको चेतावनी
रुसी समाचारहरुमा भने यसलाई रुसको आग्रह भनिएको !

ट्विटर खरिद गर्ने एलन मस्कलाई व्यङ्ग्य, त्यति पैसामा श्रीलंकाको रिण तिर्देउ र सिलोन मस्क बन !
श्रीलंकापछि नेपाली नेता किन्न सुझाव, १ किने २ नेता सित्थैमा !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com