चुनावमा भाषा विवाद : टिकट ‘बाँड्ने’ कि ‘जिम्मेवारी दिने’ ? मेयर ‘लड्ने’ कि ‘उठ्ने’ ? अध्यक्ष ‘खाने’ कि ‘बन्ने’ ?

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलवार १०:३९

एमाले प्रदेश अध्यक्ष भन्छिन् : ‘मधेशमा केपी ओलीको क्रेज बढेको छ’
सो कुरा ओलीले भनेको कि मधेशीले भनेको, पत्तो नभएको !

‘मौका आउने वित्तिकै राजसंस्था पुनर्स्थापना हुन्छ’ : लिङ्देन
‘मौका आउन नसक्ने कुरामा ध्यान दिएका छैनौं !’

ओलीले भने – ‘३० गते देशको भविष्य निर्धारण हुन्छ’
अनि ३० गते पछि इतिहास दोहोरिन सक्छ !

प्रचण्डले भने : ‘माओवादी केन्द्रलाई भरतपुर नै चाहिन्छ, रेनु नै चाहिन्छ भन्ने छैन’
‘भरतपुर पाइयो भने रेणुलाई उठाउनेमात्र भनेको हो !’

११ वैशाखदेखि मेलम्चीको पानीको वितरण थालिने
१२ बैशाखमा ओलीले ‘एमालेले ल्याएको’ अभिव्यक्ति दिने !

रामचन्द्र र माधव नेपालको फोनले पोखराको गठबन्धनमा तरंग
तरङ्ग त जसको फोनले जता पनि ल्याउन सक्छ नि, नत्र कसरी चल्छ फोन !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com