मदिरा सेवन गर्न पालिकाको अनुमती लिनुपर्ने, वडाध्यक्षको धोक आदेश चाहिने, मतदाता उत्साहित, उम्मेदवार चिन्तित , खानपिन मुक्तिमोर्चा आक्रोसित!

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार १०:३८

एकीकृत समाजवादीको घोषणा पत्र : मदिरा सेवन गर्न अनुमति लिनुपर्ने
अनुमति लिनकालागि माधव नेपालको आफ्नै फोन नम्बर उपलब्ध गराइने !

‘गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन्’ : रामचन्द्र पौडेल
बैशाखको गर्मीमा किन काँपेका रहेछन् त !

लिङ्देनको प्रश्न – ‘छोरी दिँदा अनेक कुरा खोज्ने, भोंट दिँदा केही नखोज्ने ?’
भोंट दिँदा केही खोज्दा निहुँ खोज्लान् भन्ने डर हुने भएकाले !

राजेन्द्र महतोको फेसबुक ‘ह्याक’, लेखियो– ‘लोसपाको यात्रालाई पूर्ण रूपले बिराम दिएको छु’
‘बिरामका कारणले लोसपाको यात्रालाई पुर्ण रुप दिन सकिन’ भन्न खोजेको स्पष्टीकरण, ह्याक नभएको !

कार्यकर्तालाई देउवाले भने – ‘गठबन्धनमा लेनदेन हुन्छ, सबै तपाईंलाई दिन बनेको होइन’
आश गरिरहेका कार्यकर्ताले आश मारेको रिपोर्ट !

‘जेलेन्स्की के पिउँछन्, धेरै बोल्छन्’ : रुसका परराष्ट्रमन्त्री
पिउने र बोल्ने, दुबै गर्न बाध्य पो भए कि ?

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com