‘डाईपरमा सुन छ, ल्याउँ भने थुन्छ’- के हो ?

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार १४:१३

ओलीको निर्देशन : ‘प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू’
‘प्रतिनिधिसभा विघटन सहि थियो, मलाई प्रधानमन्त्रीबाट निकाल्नु पो गलत हो त !’

करिश्मा मानन्धरले फेसबुकमा नामको पछाडि थपिन् ‘सूर्यकुमारी’
अब कसले भन्न सक्छ उनी एमाले होइनन् भनेर !

मधेश प्रदेश एमालेको गढ बनेको ओलीको दाबी, ‘सूर्य सिध्याउन हिँडेकाको थुतुनो डढ्यो’
सुर्यकुमारीको घाउमा घिउकुमारी दलौं !

‘एमालेलाई परास्त गर्न सके पुनः वाम एकता’ : प्रचण्ड
एमालेलाई समावेश नगराउने खालको वाम एकता जस्तो छ !

बुटवल पुगेर लिङ्देनले भनेः ‘धन कमाउने भनेर पार्टीमा लाग्नुभएको छ भने छोडिदिनुस्’
त्यसो भन्दा त पार्टीमा कोही नरहला नि !

डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित २४ वर्षिय महिला नियन्त्रणमा
२४ वर्षिय महिलाले शंकास्पद रुपमा डाइपर लगाएको देखेपछि सुरु भएको थियो अनुसन्धान !

युक्रेनले दियो क्राइमियाको पुल उडाइदिने धम्की, आतंकवादी व्यवहार भएको रुसको भनाइ
रुसलाई अहिले आतंकवादी व्यवहारको बारेमा धेरै ज्ञान भएको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com