आज नोमिनेसन दर्ता, भोली नोमिनेशन फिर्ता !

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार १०:५५

गठबन्धनमा एकीकृत समाजवादी : केन्द्रमा प्राथमिकता, जिल्लामा बेवास्ता
जिल्लामा वास्ता गर्न मान्छे नपुग्ला नि त !

कांग्रेसको संकल्प : ‘रहरलाग्दो सहर, बसौं–बसौं लाग्ने गाउँ’
वास्तविकता – ‘रहर लागिरहने शहर, बसिरहनुपर्ने गाउँ’

सफा गर्ने बेलामा बुद्ध एयरको जहाजभित्र भेटियो १० हजार ८ सय अमेरिकी डलर
नेपाल आएको अमेरिकी सांसद टोलीलाई बुझाइहाल्नुपर्छ !

मेयर लड्न भनेर राजीनामा दिएका मन्त्रीले टिकट नपाएपछि हत्तपत्त लिए फिर्ता !
दिएको राजीनामा लिन कति समय कुर्नुपर्ने रहेछ, अरु आकांक्षी हरुको प्रश्न

पुटिनलाई ठूलै रोग लागेको आशंका : लगातार हल्लिरहेको थियो खुट्टा, हातको चाल पनि अस्वभाविक
सो समाचार पढेपछि पुटिनको मुख आँफै चल्न थालेको !

राष्ट्रसंघ महासचिव मस्को र किभ जाने, रसिया पहिला जान लागेको भन्दै जेलेनस्कीको आपत्ति
पहिला युक्रेन प्रवेश गरे मरिने डर हुनसक्ने भएर !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com