गगनले केपीलाई ट्युसन पढाउने, ओलीले थापालाई क्लास नै लिने !

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहीबार १४:०५

‘आइ लभ यु केपी बा’ भनेर त्यसै भनेका होइनन् : शंकर पोखरेल
३ करोडमा केहीले ‘आइ लभ यु’ भनेनन् भने त के केपी ओली हुनु !

एउटै पदमा फरक पार्टीबाट ज्वाइँ-जेठानबीच प्रतिस्पर्धा
यसै कुरो नमिल्ने उसै कुरो नमिल्ने भएकाले प्रतिस्पर्धा गरेको !

भारतमा भेटियो तालु र मलद्वारमा लुकाइएको आधा किलो सुन !
अब खुलेर तालु हुन नपाइने भयो, हैन त !

‘कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन’ : चीन
रुसले नि युद्ध चाहेको त होइन, सुरु गरेको मात्र हो !

‘ओलीलाई बालकोट गएर ट्युसन पढाउने हो’ : गगन थापा
ओलीले पढाइमा ध्यान दिननसक्ने भएर ट्युसन पढाउने, थियो क्लास नै लिने योजना !

जेठ १ देखि शनिबार र आइतबार बिदा, कार्यालय समय ९ः३० देखि ५ः३० सम्म
शनिबार लिने मजाबाट आराम लिन आइतबार बिदा दिइएको !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com