भाउजुको दाईजो दाईको अंश हो र बजेट !

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार ०९:४०

भरतपुरको चुनावी सभामा देउवाले फकाए, प्रचण्डले तर्साए
सभामा हुनेहरुलाई फिलिम हेरेजस्तो महसुस भएको !

भोजेघाटका स्थानीय भन्छन् : ‘नेताका मुख हेर्न चुनावै आउनुपर्छ’
नेताको मुख हेर्ने दिन ल्याउन पहल गर्दै स्थानीय !

‘सूर्य चिह्न हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गर्‍यो’ : ओली
रातो हटाएर कम्युनिस्ट पार्टीलाई वातावरणमैत्री बनाउन खोजेको आरोप !

एमसिसीभन्दा ठूलो सहयोगमा सम्झौता
सम्झौतासंगै देश बेच्न पाइने कि नपाइने, एमसिसी विरोधीहरु अन्योलमा !

‘पहिले न्याय नपाए गोर्खा जानुपर्थो, अब काठमाडौं महानगर जाने बनाउँछु’ : सिर्जना सिंह
अहिले सर्वोच्च अदालत काठमाडौं महानगरमै छ त !

हालै कांग्रेस प्रवेश गरेका कलाकारहरू मिडियाको सामना गर्न डराए !
मिडियाको एकमात्र प्रश्न – पार्टीमा व्यस्त हुनुहुन्छ कि कलाकारितामा !

कांग्रेसले नजितेको स्थानमा बजेट नदिने आरजुको धम्की, मतदातालाई कस्तो असर पार्ला ?
मतदाता हैन, कांग्रेसलाई चाहिं असर पार्छ।

केपी ओली बोल्दै गर्दा सर्प आयो।
झलनाथले भने : सर्प ओलीले बोलाएको हो र, हामीले पठाएका हौँ नि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com