निर्वाचन  हुन ‘गई रहेको’ कि ‘आई रहेको’ ?

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलवार १२:४३

‘मैले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी छन्’ : ओली
आमजनताको अगाडि दिने भाषण किन बुद्धिजीवीलाई लक्षित गर्नुपर्यो त !

देशभरिका मतदाताको दिमागमा छैन एमसिसीको मुद्दा
विरोधी र पक्षधरहरुको दिमागमा मात्र एमसिसीको मुद्दा भएको – रिपोर्ट

‘चुनाव जित्न दलहरूले जे पनि गर्न थाले’ – भोजराज पोखरेल
चुनाव जितिसकेको हो र केही नगरी बस्नलाई !

‘एमालेलाई जिताए ओलीले स्थानीय तह पनि भंग गर्छन्’ : देउवा
एमालेनिकटलाई राख्न ठाउँ बनाउनु पर्ने भएर !

‘नेकपा सरकारले जनमतको सम्मान गर्न सकेन : महामन्त्री थापा
दुई तिहाइको सम्मान गर्दा जनमत तिर ध्यान नै गएन !

अनुसन्धानको दाबी : लाम्चोभन्दा चौडा अनुहार हुनेहरु बढी आक्रामक
कसैले ‘तपाइँको अनुहार चौडा छ’ भन्दा अत्तिनै आक्रामक हुने !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com