हेलिकप्टरमा लुम्बिनी आएका मोदीले भनेनन्- ‘सिधा रुट दिलाएंगे, हमारी दोस्ती निभाएगें !’

प्रकाशित मिति: २ जेष्ठ २०७९, सोमबार १०:४७

एमालेले भन्यो : ‘मतदान र मतगणनामा धाँधली भयो’
मतदाताले एमालेलाई भोट नदिएर धाँधली गरेको आरोप !

केशव स्थापित भन्छन् – ‘लेखेर राख्नुस् जित्ने मैले नै हो, बालेन तेस्रो हुन्छ’
उक्त समचारका लेखकले भने – ‘लेखेरै राखेको छु !’

‘एमाले आत्तिएको छैन, बरु खुशी छ’ : उपाध्यक्ष नेम्वाङ
मुटुमाथि ढुंगा राखी आत्तिनु हैन, खुशी हुनु पर्या छ !

जहाँ एमालेको गढ त्यहीँ बालेनको कब्जा
अर्थात् जहाँ एमालेले गर्दैछ आश, त्यहाँ मर्दैछ आश !

एप्पलले गुमायो संसारकै मूल्यवान कम्पनीको ताज, साउदी कम्पनी पहिलो स्थानमा
साउदी कम्पनीले एप्पललाई बनाना ख्वाउन खोजेको भने नभएको

पहिलो पटक उत्तर कोरियाद्वारा कोरोना पुष्टि भएको स्वीकार
स्वीकार गर्नुअघि उत्तर कोरियाले भन्यो – ‘अब हजुरसँग कुरा के लुकाउनु है’

उडिरहेको विमानमा पाइलट बेहोस भएपछि यात्रुले सकुशल विमान अवतरण गरे
यात्रुले सानो छँदा “ठुलो भएर पाइलट बन्छु” भनेका थिए, ठुलो भएपछि गरे विमान अवतरण !

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भैरहवा आउँदै, हेलिकप्टरको प्रयोग !
भारतीय मिडियाले भन्यो- ‘नेपाल उतरते हि चाईनाको दिखा देंगे !’

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com