हारे धाँधली र पैसाको खेल, जिते निष्पक्ष र अभुतपुर्व सफल !

प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलवार १२:३६

लुम्बिनीबाट फर्किए मोदी, भने : ‘बुद्धको जन्मभूमि आउँदा खुशी भएँ’
उनले थपे – ‘अब चाहिँ बुद्धको जन्म यहीँ भएको जस्तो लाग्न थाल्यो !’

खोटाङमा बालेन साहको जित/हारमा खसी बाजी राख्ने पक्राउ
नयाँ उखान – काठमाडौंमा मत गन्दा खोटाङमा बाजी !

ओखलढुङ्गामा काँग्रेसका कार्यकर्ताले निर्वाचन अधिकृतकै हातबाट खोसेर च्याते मतपत्र
कार्यकर्ताले भने – ‘मत बदर गर्ने नयाँ तरिका देखाउन खोजेको मात्र हो’

चुनाव हारेपछि ‘ट्रम्प’को बर्बराहट झैं किन आयो एमालेको वक्तव्यमाथि वक्तव्य?
चुनाव जितेको भए पनि आउने नै थियो वक्तव्यमाथि वक्तव्य !

केही मानिस सार्वजनिक स्थलमा किन पोर्न हेर्न थाल्छन् ?
सार्वजनिक स्थलमा लुकेर हेर्नु नपर्ने भएर !

नाती–नातिनी नजन्माएको भन्दै भारतमा छोरा बुहारीमाथि ५ करोड माग गर्दै मुद्दा
नाती–नातिनीसँग खेल्न पाउने अधिकार पनि कसरी हनन गर्न सकेको होला !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com