मतगणना : बिस्तारै गने जित्ने आश, हतार गरे सत्यानास !

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार १०:२७

‘कांग्रेस र माओवादीले सेटिङ गरेर स्थानीय चुनावमा लाभ लिए’ : बाबुराम भट्टराई
त्यसलाई सेटिङ्ग हैन गठबन्धन गरेको भन्छन् !

‘देशको स्थिति भयावह हुँदै गइरहेकाले विरोधको स्वरूप परिवर्तन गरेका हौँ’ : प्रदिप ज्ञवाली
देशको स्थिति भयावह भएको कि एमालेको स्थिति !

चुनावको नतिजाबारे एकीकृत समाजवादीले समीक्षा गर्ने
समीक्षा गर्दा सोधिनेछ – ‘साँच्चै नजितेको हो त हामीले ?’

‘स्थापितले चमत्कार गर्छु भन्नुभो, नेतृत्वले पत्यायो, गल्ती भयो’ – योगेश भट्टराई
नेताहरुले चमत्कार गर्छु भन्दा जनताले पत्याएर गल्ती गरेजस्तै भएछ नि !

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त, चीनबारे राख्छन् विशेष दखल
चीनबारे विशेष दखल राख्ने राजदुतले नेपालबारे झन् कति दखल राख्दा हुन् !

मतगणनामा ढिलाई, गणकहरु बिरामी पर्न थाले
यस्तो ढिला हुँदै जाने हो भने गणकमात्र हैन,निर्वाचन पद्धति नै बिरामी पर्ला !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com