‘लौरोलाई घोचो ठान्दा पछारियौँ !’-पुर्व नगर मातापिताहरु

प्रकाशित मिति: ८ जेष्ठ २०७९, आईतवार १०:०३

मधेशमै शक्ति गुमाउँदैछन् मधेश केन्द्रित दल
‘किनभने मधेशको मुद्दा उठाउने पार्टी भनेको माओबादी हो’ – प्रचण्ड

काठमाडौं उपत्यकामा किन माओवादी कमजोर ?
किनभने यो २०६४ को चुनाव होइन !

विजयी भएपछि जसले पराजित उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे
काँधमा बोक्ने मान्छेको मुखमा पर्यो पानी, अनुसन्धान गर्दा हार्नेले आँसु चुहाएको !

‘पर्यटक नेपाल आएर उसले खोजेको खान पाइरहेको छैन्, विदेशी मदिरा आयात खुलाऊ’ – होटल संघ नेपाल
‘नयाँ ठाउँ घुम्न आएका पर्यटकलाई नयाँ स्वाद चखाउ, लोकल रक्सी पिलाउ !’ – भट्टी संघ नेपाल

एउटा छाताको मूल्य दुई लाख रुपैयाँ, ‘सन अम्ब्रेल्ला’ले पानी नथेगेपछि कम्पनीको आलोचना
कम्पनीले भन्यो – ‘सो छाता किन्न नसक्नेहरुको मुख देख्नु नपरोस भनेर बनाइएको हो’

महिलालाई मुख छोपेर टेलिभिजनमा प्रस्तुत हुन तालिबान सरकारको आदेश
साथै बोल्न पाइने तर आवाज भने ननिकाल्ने आदेश !

कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत
तौल अझै बढोस भनेर लड्डु खुवाएको आरोप !

‘गठबन्धन नगरेको भए झन् धेरै जित्थ्यौं’ : शेखर कोइराला
संयोगवश ओलीले पनि त्यही अभिव्यक्ति दिए !

*डिस्क्लेमर…
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु विभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्विरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभारसहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com